प्रदेश १ का थप ३२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो
विराटनगर । प्रदेश १ मा मंगलबार ३२५ जना कोरोना संक्रमित थपिएका छन् । ६६६ जनाको पीसीआर परीक्षण गर्दा १३२ पुरुष र १९३ महिलाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
मोरङका २१०, सुनसरीका ९१, झापाका १७, संखुवासभाका ३, उदयपुरका २ तथा धनकुटा र खोटाङका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० ज...



























