- संगालोखबर सम्बाददाता

काठमाडौं । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार पाँच शिशुलाई जन्म दिएकी छन् । थापाथलीस्थित परोपकार प्रसुति गृह उनले चार जिवित र एक मृत शिशु जन्माएकी हुन् ।

Advertisement

प्रसुति गृहका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी तामाङको पेटबाट पाँच शिशु निकालेका हुन् । जिवित चार शिशुको तौल क्रमसः १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम छ । चार शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सामान्यतयाः महिलाले एक पटकमा एक बच्चालाई जन्म दिन्छन् । कतिपय जुम्ल्यहा पनि जन्मन्छन् । एकै पटकमा पाँच बच्चा जन्मनु दुर्लभ भएको चिकित्सकहरु बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!