कालापानी–लिम्पियाधुरा विवाद: नेपालले जुटायो ऐतिहासिक प्रमाण

कालापानी–लिम्पियाधुरा विवाद: नेपालले जुटायो ऐतिहासिक प्रमाण

काठमाडौं । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो । विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पिय...
धनकुटाको साँगुरीगढी गाउँपालिका कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण

धनकुटाको साँगुरीगढी गाउँपालिका कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका कार्यालयका तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका १७ जनाको पीसीआर परीक्षण गर्दा तीन पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा गाउँपालिका कार्यालयको प्रशासन शाखामा कार्यरत ५० बर्षीय कर्मचारी, ३० बर्षीय प्राविधिक र ३५ बर्षीय स्वास्थ्यकर्मी छन् । कन्ट्राक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा तीन कर्मचारीम...
खोटाङमा लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

खोटाङमा लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका छत्रबहादुर गिरीले अचार पिस्ने लोहोरो (ढुंगा) ले हानेर श्रीमतीको हत्या गरेका छन् । ४२ बर्षीय छत्रबहादुरले लोहोरो प्रहार गर्दा ४० वर्षीया श्रीमती ज्ञानकुमारीको मृत्यु भएको हो । घटना शुक्रबार बिहान करिब ५ बजेको हो । श्रीमान–श्रीमतीबीच बिवाद हुँदा छत्रबहादुरले श्रीमतीमाथि लोहोरो प्रहार गरेका थिए । लोहोरोले लागेर गंभीर घाईते भएकी ...
झापाबाट पटकासहित अटो चालक पक्राउ

झापाबाट पटकासहित अटो चालक पक्राउ

झापा । झापाको भद्रपुर–३ पैतिस लाईनबाट पटकासहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजवंशी छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ७ बजे अटो चालक राजवंशीलाई पक्राउ गरेको हो । मे.१ ह.३४१३ नम्बरको अटोमा राखेर पटका ल्याउँदै गरेको फेला परेकाले आटोसहित चालक राजवंशीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अटो भित्र लुक...
नेपाली रेल सञ्चालमा अन्यौलता, दक्ष जनशक्ति अभाव

नेपाली रेल सञ्चालमा अन्यौलता, दक्ष जनशक्ति अभाव

काठमाडौं । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याईएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेक...
प्रदेश १ मा थपिए ४४६ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ४४६ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बिगत २४ घण्टाको अवधिमा ४४६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४/४, खोटाङमा २ तथा तह्रथुम र ओखलढुङ्गामा १/१ कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिए...
आइसोलेशनमा नबस्ने संक्रमितलाई ६ महिनासम्म कैद हुने

आइसोलेशनमा नबस्ने संक्रमितलाई ६ महिनासम्म कैद हुने

काठमाडौं । आइसोलेशनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आईसोलेशनमा नबस्ने संक्रमितलाई कारबाही प्रकृया अघि बढाईएको हो । केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद सजाय हुने व्यवस्था रहेकोे प्रवक्ता गौतमले जानकारी द...
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, निको भए ७३ हजार संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, निको भए ७३ हजार संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबार २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या एक लाख नाघेको हो । संक्रमितको संख्या १ लाख ४ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा गौतमले यस्तो जानकारी दिएका हुन् । यता, सक्रिय संक्रमितको संख्या भने २७ हजार ५३ पुगेक...
चेलिको चित्कार कहिले सुन्ने सरकार

चेलिको चित्कार कहिले सुन्ने सरकार

कोही भन्छन् छोटो लुगाको कारण हुन्छ बलात्कार तर किन यहाँ पुरा शरिर ढाक्नेकै हुन्छ बलात्कार फेरि भन्छन् जवानी देखाउनेहरू जिम्मेवार तर किन यहाँ चार वर्षका बालिकाको हुन्छ बलात्कार फेरि भन्छन् घरदेखि बाहिर जानु ठीक हुँदैन तर किन यहाँ घरभित्रै हुन्छ बलात्कार फेरि भन्छन् आधुनिकता धेरै भएमा हुन्छ बलात्कार तर किन यहाँ गाँउले महिलाहरूकै हुन्छ बलात्कार फेरि भन्छ सरकार रोक्नुपर्छ बलात्कार ...
चौबिसेका बिपन्न परिवारलाई सोलार प्रदान, विद्यालयलाई टेलिभिजन

चौबिसेका बिपन्न परिवारलाई सोलार प्रदान, विद्यालयलाई टेलिभिजन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार गरिब तथा विपन्न परिवारलाई सोलार सिष्टमसहित विभिन्न सामाग्री वितरण गरेको छ । चौबिसे गाउँपालिकाको वडा नं. ७ मौनाबुधुक र वडा नं. ५ बोधेका गरिब तथा बिपन्न परिवारहरुलाई सामाग्री वितरण गरिएको हो । सो वडाका अति विपन्न परिवारका २३ घर परिवारलाई २३ थान सोलार र विजुली बत्तीका लागि विद्युत मीटर बक्स २४ जनालाई वितरण गरिएको गाउ...
इटहरीबाट पटकासहित दुई जना पक्राउ

इटहरीबाट पटकासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी–५ स्थित राजमार्गबाट अतिसबाजी (पटका) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र २७ बर्षीय समिर मिया छन् । राजमार्ग किनारमा बोेरा र कार्टुनमा पटका लुकाएर बिक्रिका लागि पर्खिराखेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट सिभिजाई कोब्रा– ६७ बण्डल पटका बरामद भएको जिल्ला प्रहरी कार्याल...
खानेपानीको जारभित्र भेटियो किरा

खानेपानीको जारभित्र भेटियो किरा

काठमाडौं । सिलबन्दी भएको खानेपानीको जारमा किरा भेटिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, मूलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा फ्रिडम ब्रान्डको सिलबन्द जारको पानीमा किरा भेटिएको हो । पानीमा किरा भेटिएपछि उपभोक्ता अधिकारकर्मीले पानी उत्पादन गर्ने उद्योगमाथि कारबाहीका लागि उजुरी गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिहीबार ...
२०७७ असोज २३ गते शुक्रबार/आजको राशिफल

२०७७ असोज २३ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०७७ साल असोज २३ गते शुक्रबार ई. सं. २०२० अक्टुवर ९, नेपाल सम्बत ११४० अनालागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण सप्तमी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, परिधि योग, बव करण । नेपालमा सूर्योदय बिहान ०६ः०१ बजे, सूर्यास्त साँझ ५:४२ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै...
केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

काठमाडौं । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो । गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ । सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट का...
धनकुटाका थप ६ जनामा कोरोना संक्रमण

धनकुटाका थप ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप ६ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा टेलिकमका तीन कर्मचारीसहित ६ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुँनेमा नेपाल टेलिकम धनकुटामा कार्यरत ४८ र ३७ बर्षीय तथा हिलेमा कार्यरत टेलिकमका ४८ बर्षीय कर्मचारी छन् । त्यस्तै, घरेलु कार्यालयमा कार्यरत ३० बर्षीय सरकारी कर्मचारीमा पनि संक्रमण पुष...
प्रदेश १ का थप ३९४ जनामा कोरोना संक्रमण, ४५८ डिस्चार्ज

प्रदेश १ का थप ३९४ जनामा कोरोना संक्रमण, ४५८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार ३९४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २/२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन्...
एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण

काठमाडौं । बिगत २४ घण्टाको अवधिमा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन थपिएका संक्रमित संख्यामा यो हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको जानकारी दिए । २४ घण्टाको अवधिमा २ हजार ६७५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ७१...
निर्माण व्यवसायी भागेपछि श्रमिकको बिचल्ली

निर्माण व्यवसायी भागेपछि श्रमिकको बिचल्ली

खोटाङ । सडक ढलानको काम गरेको पैसा नदिइ निर्माण व्यवसायी फरार भएपछि श्रमिकहरु आक्रोशित बनेका छन् । भर्खरै सम्पन्न खोटाङको दिक्तेल बजारस्थित रत्नपार्कको किराँतचोक–सिचाईँ गेटसम्मको सडक ढलानको काममा खटिएका श्रमिकको पैसा नदिई निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि श्रमिकहरु आक्रोशित बनेका हुन् । गत भदौ २८ गते सडक ढलानको काम सकेपछि ‘विमान राई’ भनिने निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि रासनबाहेक काम गर...
डीभीको आवेदन खुल्यो

डीभीको आवेदन खुल्यो

काठमाडौं । डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला भएको छ । सन् २०२२ का लागि डिभी खुलेको हो । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार अब २०७७ कात्तिक २५ गतेसम्म आवेदन फारम भर्न सकिनेछ । आफैले निःशुल्क डीभीको आवेदन भर्न सकिन्छ । यसका बिषयमा दूतावासले आफ्नो वेटसाईटमा सम्पूर्ण जानकारी उल्लेख गरेको छ...
भोजपुरको बोखिमका सबै घरमा पुग्यो बिजुली, स्थानीय हर्षित

भोजपुरको बोखिमका सबै घरमा पुग्यो बिजुली, स्थानीय हर्षित

भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् । स्थानीयवासी नगेन्द्रकुमार राईले भने, ‘‘यो सदरमुकाम नजिकैको ठाउँ हो तर पनि हामीले विगत लामो समयदेखि बिजुली बाल्न पाएका थिएनौँ, स्थानीय सरकार सञ्चाल...
उदयपुरमा भीरबाट कन्टेनर खस्दा दुई जनाको मृत्यु

उदयपुरमा भीरबाट कन्टेनर खस्दा दुई जनाको मृत्यु

उदयपुर । उदयपुरको कटारी–८ स्थित दमारको भीरबाट कन्टेनर खस्दा दुई जनाको मृत्यु भएको छ । दुई घाईते छन् । मृत्यु हुनेमा कटारीका ४५ बर्षीय मीन बहादुर मगर र ठेगाना नखुलेका राकेश कुमार यादव छन् । बुधबार साँझ करिव पाँच बजे ना.५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई भीरबाट करिव ७ सय मिटर तल खस्दा कन्टेनरमा सवार दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै कन्टेनर...
धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सहिदभूमि गाउँपालिका–७ पाखाका ४५ वर्षीय उपकान्छा भनिने रामकिसान राई छन् । बुधवार साँझ दिदीको घरबाट आफ्नो घर फर्कदै गर्दा सहिदभूमि गाउँपालिका–६ स्थित हाङखा भीरबाट लडेर उनको मृत्यु भएको सहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले संगालोखबरलाई जानकारी दिए । बिहिबार बिहान घाँस काट्न जंगल गएका स्थानीयवासीले मोवाईल...
काठमाडौंका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

काठमाडौंका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा डिभिजनले योजना बनाउँदा पैदलयात्रु मार्ग निर्माणमा ध्यान दिने गरी योजना बनाएको हो । सिंहदरबार आसपासका क्षेत्रमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण शुरु भइसकेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए । उनका अनुसार डिभिजनले पैदलयात्रुको चाप बढी...
बेलबारीमा वडाध्यक्षसहित आठ जनामा कोरोना संक्रमण

बेलबारीमा वडाध्यक्षसहित आठ जनामा कोरोना संक्रमण

बेलबारी । मोरङको बेलबारीमा वडाध्यक्षसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ९ का वडाध्यक्ष नगेन्द्र खड्कासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि हुनेमा वडा नम्बर २ का ४ जना छन् भने एनएमवि बैंकका कर्मचारी १ जना, वडा नम्बर ५ का १ जना र वडा नम्बर १ का १ जना छन् । सोमबार नगरपालिकाले होम आइ...
हिलेमा सडक छोडेर गाडी घरतिर पसेपछि…

हिलेमा सडक छोडेर गाडी घरतिर पसेपछि…

धनकुटा । धनकुटाको हिलेमा बुधबार लोपेड गाडी दुर्घटना भएको छ । संखुवासभाबाट धरानतर्फ जाँदै गरेको प्रदेश–२–०३ ००१ क.०५८४ नम्बरको लोपेड दिउँसो करिब ३ बजे हिले बजारमा दुर्घटना भएको हो । दुर्घटनामा मानबीय क्षति नभएको प्रहरीले जनाएको छ । सडक छोडेर डिलमुनी झरेको गाडी घरको भित्तामा ठोक्किएर रोकिएको छ । डिलमुनी झरेको गाडी घरमा ठोक्किएर अडिदा ठूलो दुर्घटना टरेको प्रत्यक्षदर्शी बताउँछन् । गाडी गुडिरहेका बे...
धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा दुई जना पक्राउ

धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज लिम्बू र ३६ बर्षीय हडिन रोगु (लिम्बू) छन् । फरार रहेका हडिनलाई धरान र भीमराजलाई धनकुटा बजारबाट पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले जानकारी दिए । एसपी अधिकारीका अनुसार भीमको नागरिकता हडिनले लगेर हराएक...
प्रदेश १ मा थपिए ३३९ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३३९ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ३३९ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २/२ र पाँचथरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुर...
आरती स्ट्रीप्समा करेन्ट लाग्दा कामदारको मृत्यु

आरती स्ट्रीप्समा करेन्ट लाग्दा कामदारको मृत्यु

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रीप्समा बुधबार दिउँसो करेन्ट लाग्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुँनेमा बिराटनगर–८ का ४० बर्षीय अशोक चौधरी छन् । उद्योगमा ‘ईलेक्ट्रोनिक्स’ काम गर्दै आएका चौधरीलाई बिजुलीको काम गर्ने क्रममा दिउँसो करिब १२ बजे करेन्ट लागेको थियो । काम गर्ने क्रममा करेन्टको झड्का लागेर उनी दुई तलामाथिबाट भुईमा बजारिएका थिए । गंभीर घाईते भएका उनलाई उपचारक...
सरकारी निवासमा गुर्जो उत्पादन गरी निःशुल्क वितरण

सरकारी निवासमा गुर्जो उत्पादन गरी निःशुल्क वितरण

काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न ...
धनकुटामा शिक्षक र प्रहरीसहित थप चार जनामा कोरोना संक्रमण

धनकुटामा शिक्षक र प्रहरीसहित थप चार जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप चार जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा महालक्ष्मी नगरपालिकाका शिक्षक र प्रहरीसहित चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा महालक्ष्मी नगरपालिका–४ चानुवास्थित प्रहरी चौकीमा कार्यरत ४३ बर्षीय प्रहरी, महालक्ष्मी–२ मारेककटहरेका ३२ बर्षीय शिक्षक र विदेशबाट फर्किएका म...
सैन्य शक्ति प्रदर्शन गर्ने योजनामा विप्लव

सैन्य शक्ति प्रदर्शन गर्ने योजनामा विप्लव

काठमाडौं । मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ । केन्द्रीय सैन्य कमाण्डर उदय च...
error: Content is protected !!