- संगालोखबर सम्बाददाता

रूपन्देही । प्रदेश नं.५ को प्रदेश सभा बैठकमा सोमबार नेपाली काँग्रेसका सांसदले कुर्सी, टेबल र माईक तोडफोड गरेका छन् । प्रदेश सरकारले सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएपछि विपक्षी दल काँग्रेसका सांसद तोडफोडमा उत्रिएका हुन् ।

Advertisement

दिउँसो १ बजे सुरु भएको बैठक विरोधका कारण स्थगित भएको थियो । दुई घण्टासम्म पनि कुनै सहमति नजुटेपछि सुरु भएको बैठकमा कांग्रेस सांसदले पुनः अवरोध गरे । बिरोधकै बीच सभामुख घर्तीले छलफल अघि बढाए ।

बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा काँग्रेस सांसदहरूले नाराबाजी गर्दै तोडफोड गरेका हुन् । तोडफोड र नाराबाजीकै बीच सभामुख घर्तीले छलफल अघि बढाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!