- संगालोखबर सम्वाददाता

काठमाडौं । ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

Advertisement

अल्बर्ट आइन्स्टाइन अस्पतालमा उनको मृत्यु भएको हो । उनले ब्राजिललाई तीन पटक विश्वकप जिताएका थिए । चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

उनी तीनपटक विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!