संगालोखबर सम्वाददाता

सिरहा । सिरहाका विभिन्न ठाउँमा लुकाएर राखेको भन्सार छलिको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । बुधबार फरक–फरक ठाउँमा लुकाएर राखेको अवस्थामा  करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

Advertisement

बरामद सामानमा लत्ताकपडा र अगरबत्तीको धुलो छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल गण नम्बर–७ सिरहाबाट खटिएको टोलीले नवराजपुर गाउँपालिकास्थित संजय महतोको टहरामा लुकाएर राखेको अवस्थामा ९६ लाख भन्दा बढीको सामान बरामद गरेको छ । त्यस्तै नवराजपुरको झाँझडपट्टिस्थित विनोद यादवको घर नजिक लुकाएर राखेको ५ लाख बराबरको १ सय २० बोरा अगरबत्तिको धुलो बरामद गरिएको छ ।

झाँझडपट्टिबाट ब्रह्मदेव महतोको टहरोमा लुकाएर राखेको ५ लाख ५० हजार बराबरको अगरबत्तीको धुलो र जगतपुरस्थित शिवनारायण यादवको घरमा लुकाएर राखेको २ लाख ५० हजार बराबरको अगरबत्तीको धुलो बरामद गरिएको छ ।

बरामद सामग्री भन्सार कार्यालयतर्फ लाँदै गर्दा स्थानीयले ढुंगा प्रहार गरेर सशस्त्र प्रहरीको बा.१ ग २०५५ नम्बरको ट्रक फुटाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!