- संगालोखबर सम्वाददाता

धनुषा । धनुषामा रेल चढ्न खोज्दा चिप्लेर आज एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेलले कुल्चिँदा एक जनाको मृत्यु भएको हो ।

Advertisement

बिहान करिव साढे ९ बजे बैदेही स्टेसनमा गुडिरहेको रेलमा चढ्न खोज्दा चिप्लिएर लिकमा खसेका धनुषा नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरण सदाको मृत्यु भएको हो । स्टेसनबाट रेल प्रस्थान गरिसकेको अवस्थामा दौडिएर रेल चढ्न खोज्दा सदा चिप्लिएर लिकमा लडेका थिए ।

लिकमा लडेका सदाको घाँटी काटिएको छ । सदाको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ भने रेल जनकपुर आएर पुनः जयनगरतर्फ फर्किसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!