- संगालोखबर सम्वाददाता

काठमाडौं । विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन् ।

भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाई गर्ने बताएको थियो । व्यक्तिले प्रयोग गरिरहेकोसहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने बताएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!