संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पुस । गाइड विना सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । पदयात्राका क्रममा ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्युटका कारण बिरामी भएका कोरियाली पर्यटक ली म्युङकपको मृत्यु भएको हो ।

बिरामी भएपछि ४६ वर्षीय लीलाई लुक्लामा उपचारका लागि ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लजमा बसेका बेला उनी बिरामी परेका थिए ।

Advertisement

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!