विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप लगाइने

विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप लगाइने

विराटनगर । विराटनगर महानगर क्षेत्रमा भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप लगाइने भएको छ । महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रियामा खोप अभियानका विषयमा जानकारी दिइएको हो । विराटनगर महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रु...
तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुममा लडेर एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुममा आज अपरान्ह लडेर एक जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका–८ सुङनाममा लडेर स्थानीय ४८ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको हो । उनी गाउँबाट बोरामा आलु बोकेर घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर सडकबाट करिब ८ मिटर तल खसेका हुन् । खोलामा झरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
आफै पार्किङको व्यवस्था मिलाउँन विराटनगरका बैंकहरू सकारात्मक

आफै पार्किङको व्यवस्था मिलाउँन विराटनगरका बैंकहरू सकारात्मक

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन विराटनगरका बैंकहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाले आयोजना गरेको छलफलमा बैंकका प्रमुखहरूले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरूले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर...
कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । आज मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई ४७ सांसदले समर्थन गदै विश्वासको मत दिएका हुन् । सभाध्यक्ष इस्राइल मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका छन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ मत पुगेको हो । संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत ...
सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्योः जसपा अध्यक्ष यादव (भिडियोसहित)

सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गर्योः जसपा अध्यक्ष यादव (भिडियोसहित)

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेर सरकारले गल्ति गरेको बताएका छन् । एक राष्ट्रिय टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै अध्यक्ष यादवले सांसद शर्मालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गरेका हुन् । सुनिल शर्मा जस्तो प्रतिष्ठित मान्छेलाई हचुवाको भरमा पक्राउ गरेर थुन्नु सरकारको गलत हर्कत भएको उनको टिप्पणी छ । ‘सुनिल शर्माले आइएसी...
पैसा नहुँदा टेसमायाँको मुटुको उपचारमा समस्या

पैसा नहुँदा टेसमायाँको मुटुको उपचारमा समस्या

धनकुटा । आर्थिक अभावका कारण धनकुटा नगरपालिका–८ सान्ताङकी टेसमायाँ राईको मुटुको उपचारमा समस्या भएको छ । चिकित्सकले ५७ वर्षीया टेसमायाँको मुटुको दुवै भल्ब फेर्नुपर्ने बताएपनि पैसा अभावका कारण शल्यक्रिया गर्न नसकिएको परिवारको गुनासो छ । एक महिना अघिदेखि उनको शरीर चिसो भएर बेहोस हुने समस्या देखियो । उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदा डाक्टरहरूले मुटुको दुवै भल्...
भ्रष्टाचार गर्ने कसैलाई पनि छोड्नु हुन्न: महामन्त्री शर्मा

भ्रष्टाचार गर्ने कसैलाई पनि छोड्नु हुन्न: महामन्त्री शर्मा

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण शाखाले शनिवार धनकुटामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । भ्रष्टाचारमा कांग्रेस वा अरु जुनसुकै पार्टीको मान्छे परेपनि उसलाई नजोगाइ कारबाहीको दायरामा ल्...
डा.सुनिल शर्मालाई शेरबहादुर देउवाले पक्राउ गराएको हो: सांसद सिंह (भिडियोसहित)

डा.सुनिल शर्मालाई शेरबहादुर देउवाले पक्राउ गराएको हो: सांसद सिंह (भिडियोसहित)

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले कांग्रेस सांसद डा.सुनिल शर्मालाई कांग्रेसकै सभापति शेरबहादुर देउवाले पक्राउ गराएको आरोप लगाएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद सिंहले डा.शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माहरूलाई तर्साउन देउवाकै डिजाइनमा सांसद शर्मालाई पक्राउ गराइएको आरोप लगाएका हुन् । कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला आफ्नो वि...
तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुममा करेन्ट लागेर वृद्धाको मृत्यु

तेह्रथुम । तेह्रथुममा करेन्ट लागेर आज बिहान एक वृद्धाको मृत्यु भएको छ । आफ्नै घरमा करेन्ट लाग्दा म्याङलुङ नगरपालिका–३ नागदहकी ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको हो । घरको मूल ढोका खोल्ने क्रममा उनलाई अचानक करेन्ट लागेको बताइएको छ । करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
ओली र देउवालाई पनि जेल हाल्ने षड्यन्त्र हुँदैछ: सांसद शर्मा (भिडियोसहित)

ओली र देउवालाई पनि जेल हाल्ने षड्यन्त्र हुँदैछ: सांसद शर्मा (भिडियोसहित)

मोरङ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सरकारले जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका छन् । ज्येष्ठ नागरिक समाजले मोरङको विराटचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा ओली र देउवालाई जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका हुन् । प्रचण्ड नेतृत्वको सरकार ...
कांग्रेस नेता पोख्रेलको चेतावनीः सुनिल शर्मालाई छोयौ भने, प्रधानमन्त्रीलाई कालोमोसो दल्छौं

कांग्रेस नेता पोख्रेलको चेतावनीः सुनिल शर्मालाई छोयौ भने, प्रधानमन्त्रीलाई कालोमोसो दल्छौं

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मालाई कालोमोसो दल्न आव्हान गर्ने माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का संयोजक पवन कार्कीलाई उच्छृङ्खल गतिविधि नगर्न कांग्रेस नेता सुवास पोख्रेलले चेतावनी दिएका छन् । अखिल (क्रान्तिकारी) का संयोजक कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने अभिव्यक्ति दिएपछि कांग्रेस नेता पोख्रेलले यस्तो चेतावनी दिएका हुन् । कार्कीले सांसद शर्मालाई कालोमोसो दल्ने भनेर ग...
इटहरीमा भेटियो महिलाको शव

इटहरीमा भेटियो महिलाको शव

इटहरी । सुनसरीको इटहरी–४ स्थित टेग्रा खोला किनारमा एक महिलाको शव फेला परेको छ । संखुवासभाको मादी घर भई हाल इटहरी–४ मा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया सीता लिम्बूको शव फेला परेको हो । घोप्टो परेको अवस्थामा मृत भेटिएकी सीताको शरीरका बिभिन्न भागमा निलडाम छ । घटनाको प्रकृति हेर्दा हत्या गरेर फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । मृतक सीताका श्रीमान स्थानीय एक निजी कम्पनीमा काम गर्दै आएका छन्...
विराटनगरमा तरबार प्रहार गर्ने दुई जना सीमा क्षेत्रबाट पक्राउ

विराटनगरमा तरबार प्रहार गर्ने दुई जना सीमा क्षेत्रबाट पक्राउ

विराटनगर । विराटनगर–८ का महमद हलिममाथि तरबार प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीय हलिममाथि तरबार प्रहार गरेर फरार भएका विराटनगर–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । मोरङको नेपाल-भारत सीमा क्षेत्रबाट आज विहान करिब २ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए ।...
सङ्कटमा आफ्नैले वास्ता गरेनन्, ओलीले साथ दिएकाले भेट्न गएः सांसद शर्मा (भिडियोसहित)

सङ्कटमा आफ्नैले वास्ता गरेनन्, ओलीले साथ दिएकाले भेट्न गएः सांसद शर्मा (भिडियोसहित)

मोरङ । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सङ्कटमा साथ दिएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताएका छन् । नेपाली कांग्रेसले मंगलबार मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले ओलीलाई भेट्न उनको निवास बालकोट जानुको कारण कार्यकर्तासमक्ष खुलाएका हुन् । सुन तस्करी गरेर राज्यलाई करोडौं, अरबौं राजश्व छली भइरहेकाले त्यसको विरुद्धमा बोल्दा आफूलाई षड्यन्...
ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

ताप्लेजुङमा छोराद्वारा आमाको हत्या

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बामा आज छोराले आमाको हत्या गरेका छन् । बिहान करिब १० बजे स्थानीय ३३ वर्षीय डिल्लीकुमार लिम्बुले आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेका हुन् । डिल्लीकुमारले बाम्फोकले हान्दा आमा धनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि साँघु प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरीले डिल्लीकुमारलाई नियन्त्रणम...
गृहमन्त्रीले राजीनामा दिनैपर्छ, नत्र अनशन बस्छुः सांसद शर्मा

गृहमन्त्रीले राजीनामा दिनैपर्छ, नत्र अनशन बस्छुः सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग पुनः दोहोर्याएका हुन् । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनीसमेत दिएका छन् । सुन तस्करी प्रकरणको व...
पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

पाख्रीवासमा ५३ जनाले गरे रक्तदान

धनकुटा । धनकुटाको पाख्रीवासमा रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आइतबार टिम नेपो धनकुटा नामक संस्थाले रक्तदान कार्यक्रम गरेको हो । पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रको सभा हलमा आयोजना गरिएको कार्यक्रममा ५३ जनाले रक्तदान गरेको आयोजक संस्थाका संयोजक सुदिप कोइरालाले जानकारी दिए । स्थानीयवासी, विद्यार्थी, अनुसन्धान केन्द्रका कर्मचारी लगायतले रक्तदान गरेका हुन् । ...
नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै, कोरियाको युरी अस्पतालसँग सम्झौता

नोबेलको न्यूरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइदै, कोरियाको युरी अस्पतालसँग सम्झौता

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरु अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउँन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु गर्न लागिएको नोबेल अस्पतालले जनाएको छ । यो प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएको, हड्डी सरेको, हड्डी खिइएको, नसा जाने भाग साँगुरिएको जस्ता मेरुदण्ड सम्बन्धीको शल्यक्र...
उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्छ: मन्त्री सुनुवार

उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्छ: मन्त्री सुनुवार

धनकुटा । कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री प्रदिपकुमार सुनुवारले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार दुई वर्षसम्म टिक्ने दावी गरेका छन् । नेपाली कांग्रेस धनकुटा नगरको आन्तरिक विशेष अभियान कार्यक्रमका लागि शनिवार धनकुटा आइपुगेका मन्त्री सुनुवारले यस्तो बताएका हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गर्ने दावी गर्दै उनले विश्वासको मत पाइसकेपछि दुई वर्षसम्म सरकार टिक...
पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

पाँचथर । पाँचथरको फिदिममा आज बिहान श्रीमानले चलाएको स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ । श्रीमान घाइते छन् । नाँगीनदेखि फिदिम आउँदै गरेको प्रदेश ०१-०३-००१ प ५२७१ नम्बरको स्कुटर बिहान ७ः३० बजे फिदिम–११ स्थित फेवादिनमा दुर्घटना भएको हो । दुर्घटनामा परी फिदिम १ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी, ७० वर्षीय श्रीमान हेमकुमारले चलाएको स्कुटरको पछाडि बसेकी ...
जिरोप्वाइन्ट टोल विकास संस्थाको अध्यक्षमा पुनः दिलकुमार निर्वाचित

जिरोप्वाइन्ट टोल विकास संस्थाको अध्यक्षमा पुनः दिलकुमार निर्वाचित

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ स्थित जिरोप्वाइन्ट टोल विकास संस्थाको अध्यक्षमा पुनः दिलकुमार राई निर्वाचित भएका छन् । संस्थाको आज सम्पन्न साधारण सभाले राईको अध्यक्षतामा १५ सदस्यीय समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा आशा राई, सचिवमा उर्गेन शाक्य, सहसचिवमा शारदा राई र कोषाध्यक्षमा सविता श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक नैन विश्वकर्माले जानकारी दिए । त्यस्तैगरी, सदस्यह...
विराटनगरमा युवा उद्यमीले गरे रक्तदान कार्यक्रम

विराटनगरमा युवा उद्यमीले गरे रक्तदान कार्यक्रम

विराटनगर । विराटनगरमा आज रक्तदान कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान कार्यक्रम गरेको हो । रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको नेपाली युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कटेलले जानकारी दिए । विराटनगर-१४ स्थित एमएम प्लाष्टिक उद्योगमा भएको कार्यक्रममा युवा उद्यमीसहित उद्योग व्यवसायमा कार्यरत कर्मचार...
भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

भोजपुर । पहिरोमा पुरिएर भोजपुर नगरपालिका–२ हेलौछाका पासाङ तामाङको मृत्यु भएको छ । निगुरो टिप्न झ्यालसिङे जङ्गल गएका बेला पहिरोले पुर्दा ४७ वर्षीय तामाङको मृत्यु भएको हो । परिवारका सदस्यसँग उनी बिहीबार बिहान जङ्गलमा निगुरो टिप्न गएका थिए । सोही क्रममा सडक माथिबाट खसेको पहिरोले पुर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सडक भन्दा करिब दुई सय मिटर माथिबाट पहिरो खसेको हो । पहिरोमा पुरिएका तामाङला...
जसपाकी निर्मला लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्य मन्त्री

जसपाकी निर्मला लिम्बू बनिन् कोशी प्रदेशको स्वास्थ्य मन्त्री

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) की सांसद निर्मला लिम्बू कोशी प्रदेशको स्वास्थ्य मन्त्री बनेकी छन् । मुख्यमन्त्री उद्धव थापाले लिम्बुलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । उनले आजै पद तथा गोपनीयताको सपथ ग्रहण पनि गरेकी छन् । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारमा पनि उनी स्वास्थ्यमन्त्री थिइन् । पहिचानको पक्षमा उभिदै आएकी उनले पहिचान पक्षधरको आन्दोलन चर्क...
सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनिल शर्मालाई थुनामा नराख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणी शर्माको इजलासले सांसद शर्मालाई थुनामा नराखी अनुसन्धान गर्न सीआइवीलाई आदेश दिएको हो । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले गत साउन १० गते संसद बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्र...
सांसद सुनिल शर्मा पक्राउ प्रति सदनमा एमालेले जनायो आपत्ति

सांसद सुनिल शर्मा पक्राउ प्रति सदनमा एमालेले जनायो आपत्ति

काठमाडौं । सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै आएका कांग्रेस सांसद डा.सुनिल शर्माको पक्राउ प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले बखेडा झिकेर सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने मा...
गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो: सचिवालय

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको प्रतिशोधमा सांसद शर्मालाई पक्राउ गरियो: सचिवालय

काठमाडौं । सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै उनले सचिवालयले आपत्ति जनाएको छ । डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएको हो । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित कांग्रेस सांसद शर्मा...
केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत बग्ने गर्छ । जसक...
बन्दका कारण धनकुटामा सवारी आवागमन प्रभावित

बन्दका कारण धनकुटामा सवारी आवागमन प्रभावित

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्सहित बिभिन्न पार्टी र सङ्गठनले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ । हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ मनाएर अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गर्दै आएको परिषदलाई यस पटक अन्य पार्टी र सङ्गठनले पनि साथ दिएर बन्द आव्हान गरेका हुन् । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लि...
तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’ (फोटो फिचरसहित)

तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटवाक’ (फोटो फिचरसहित)

विराटनगर । विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म र्‍याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर र्‍याम्पमा उत्रिएका हुन् । फेसन शो मा तनस्काका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर दुई पुरुष र १६...
error: Content is protected !!