दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई
धनकुटा । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले दश वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने बताएकी छन् । आज सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्न धनकुटा आएकी राईले यस्तो बताएकी हुन् ।
मातहतका जिल्ला अस्पतालहरूमा निःशुल्क उपचारको कार्यक्रममा बजेट समेत विनियोजन गर्ने उनले उद्घोष गरिन् । राज्यमन्त्री राईल...




























