लागुऔषध र ६७ हजार रुयैयाँसहित ८ जना पक्राउ
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान टोलीले लागुऔषधसहित एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट २०८० माघ २६ गते पक्राउ अनुमति जारी भइ फरार रहेका तेह्रथुमको लालीगुराँस नगरपालिका–९ घर भई मोरङको सुन्दरहरैँचा–४ बस्दै आएका ४२ वर्षीय अमृतबहादुर भुजेललाई पक्राउ गरिएको हो ।
उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, ६७ हजार ६ ...






























