विराटनगरमा डेंगु फैलन नदिन ‘लार्भा खोज र नष्ट’ अभियान सुरू
विराटनगर । विराटनगरमा डेंगुको रोग नियन्त्रण तथा रोकथाम अभियान थालिएको छ । यसका लागि महानगरका १९ वटै वडामा डेंगु रोग सार्ने लार्भा नष्ट गर्न थालिएको छ । लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।
यसैगरी, लार्भा खोजी र नष्ट गर्ने काम पनि सुरु गरिएको छ । अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकासहित सरोकारवालाहरुको सहभागिता छ ।
...






























