प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृत भएसँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित २५८ सांसदमध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्यो । उनको विपक्षमा १९४ मत पर्यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् ।
यसअघि आलोपालो कांग्रेस र ...






























