केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ भोलि
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले गत शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका...






























