सफा नहरको कल्पना : फोहोर नफाल्न आग्रह गर्दै निरन्तर सरसफाइ
विराटनगर । छठ पर्वमा बेहुली झैँ सिँगारिने नहर क्षेत्र अन्य समयमा भने ‘डम्पिङ साइट’ मा परिणत हुन्छ । नहरको सजावट गर्ने स्थानीय नै केही दिनमा नहरलाई डम्पिङ साइट बनाउँछन् ।
विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनमा प्रभावकारी काम गर्न सकेको छैन । नगरवासीले पनि जथाभावी फोहोर फ्याँक्ने परम्पराको अन्त्य गर्न सकेका छैनन् । जसका कारण विराटनगर क्षेत्रको नहर कुरूप देखिन्छ । हुन त विराटनगरको सडक, नाला जह...



























