क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर
विराटनगर । क्यानाडामा रहेका नेपाली मूलका चारजना फुटबल खेलाडीले प्रसिद्ध फुटबल क्लब बार्सिलोनाको ला मासिया एकेडेमीमा खेल्ने अवसर पाएका छन् । टोरन्टो नेपाली फुटबल क्लब (टिएनएससी) मा आवद्ध उनीहरू आफ्नो खेल कौशल प्रदर्शनका लागि छनौटमा परेका हुन् ।
ला मासिया एकेडेमीमा यो अवसर पाउनेमा १६ वर्षीय मिडफिल्डर सागर थापा, १६ वर्षीय फरवार्ड हिमाल थापा, १४ वर्षीय डिफेन्डर सबी बस्नेत र १७ वर्षीय गोलकिपर सक्षम...































