संगालोखबर


विराटनगर । माल्टामा सडक दुर्घटनामा ज्यान गुमाएकी गौरी कुमारी बरालको शव नेपाल ल्याइने भएको छ । उनको शव आज माल्टाबाट नेपाल पठाइने भएको हो । एनआरएनए माल्टाका अनुसार बरालको शव शनिबार नेपाल आइपुग्ने छ ।

बर्दिबासकी बराल जनवरी ६ मा दुर्घटनामा परेकी थिइन् । उनको उपचारका क्रममा जनवरी ११ मा मृत्यु भएको थियो । एनआरएनए माल्टाका अनुसार टाउकोमा गहिरो चोट लागेका कारण उनलाई बचाउन नसकिएको हो । २५ वर्षीया बराल २ वर्षअघि माल्टा गएकी थिइन् ।

Advertisement

उनको शव मेटर देई अस्पतालको शव गृहमा राखिएको एनआरएनएले जनाएको छ । माल्टाको समय अनुसार आज बिहान १० बजेदेखि ४५ मिनेटका लागि उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिने र शव आजै नेपाल पठाउने एनआरएनएले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!