- संगालोखबर सम्वाददाता

विराटनगर । साउदी अरेबियामा सम्पन्न कास्की आर्दश समाजको दोस्रो बार्षिकोत्सव तथा प्रथम अधिवेशनबाट अमर सापकोटा अध्यक्षमा चयन भएका छन् । समितिको प्रथम उपाध्यक्षमा ओमबहादुर कुमाल, द्धतीय उपाध्यक्षमा रबि सापकोटा, तृतीय उपाध्यक्षमा लक्ष्मी पौडेल, महासचिवमा मनिष थापा, सचिवमा बुद्धी भुजेल, कोषाध्यक्षमा तुलसीराम भण्डारी र सह–कोषाध्यक्षमा गिता आले मगर चयन भएका छन् ।

त्यस्तैगरी, सदस्यहरुमा रेशम केसी, ओम बहादुर गुरुङ, भोजराज पौडेल, सिर्जना गुरुङ, अर्जुन क्षेत्री, राम गुरुङ, मनकाजी गुरुङ, लक्ष्मी पौडेल क्षेत्री, सन्तोष गुरुङ, भरत पौडेल, सिर्जना भण्डारी, नन्दराज परियार, बिष्णु ढकाल, खिम गुरुङ, युक्त ज्वार्चन र बुद्धिप्रसाद पौडेल चयन भएका छन् ।

कार्यक्रममा कास्की आर्दश समाज अन्तर्राष्ट्रिय परिषद आइसीसी अध्यक्ष गोबिन्द पौडेल, साउदीका संस्था संरक्षक तथा अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल, कास्की आर्दश समाज मध्यपूर्व संयोजक कृष्ण पुरी लगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिए ।

कास्की आर्दश समाज गैरराजनीतिक तथा गैरनाफामुलक संस्था हो । सन् २०१९ मा स्थापना गरिएको यो सस्थाले आपत बिपतमा कास्कीका मात्र अन्य जिल्लाबासीलाई पनि सहयोग गर्दै आएको साउदीबाट सञ्चारकर्मी बिष्णु घिमिरेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!