अवैध नेपाली कामदारले नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

अवैध नेपाली कामदारले नेपालबाटै वैध बन्न प्रक्रिया पुरा गर्न पाउने

काठमाडौं, ५ मंसिर । कतारमा अवैध रुपमा बसेका (इलिगल) नेपाली कामदारले अब नेपालबाटै वैध बन्ने प्रक्रिया थाल्न सक्ने भएका छन् । कतार सरकारले गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई आफ्नै देशबाट प्रक्रिया पुरा गरेर पुनः काममा फर्किन सक्ने सुविधा कतार दिने निर्णय गरेको छ । पहिलो चरणमा यस्तो सुविधा पाउने ८ राष्ट्रभित्र नेपाल पनि परेको छ । नेपालीसँगै यस्तो सुविधा पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, ...
दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि

दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि

युएई, ४ मंसिर । रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक आयोजना भएको हो । करीब २ सय जना लोक गायक तथा गायिकाको सहभागिताबाट करीब तीन महिना अघिबाट सञ्चालित प्रतियोगिताको फाइनल राउण्ड गत १७ नोभेम्बर बरदुबईको एभरेस्ट इन्टरनेसनल होटलमा सफलतापूर्वक सम्पन्...
प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

बोन (जर्मनी), ३० कात्तिक ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्। उनलाई जनसंख्या तथा वातावरण मन्त्रालयबाट पशुपंक्षी मन्त्रालयमा सरुवा गरेर फिर्ता बोलाइएको हो। स्रोतका अनुसार वातावरण मन...
मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २९ कात्तिक । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक च...
राष्ट्रपतिबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन, शेख जायद मस्जिदको भ्रमण

राष्ट्रपतिबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन, शेख जायद मस्जिदको भ्रमण

अबुधावी , २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गरे । राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उनलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गरे । उक्त अवसरमा निर्देशक राबात तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई विभिन्न कलाकृतिका विभिन्न पक्षका विषयमा जानकारी गराएका थिए । उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त च...
राष्ट्रपति भण्डारीले आबुधावीका राजकुमार शेख मोहम्मदसँग भेटबार्ता गर्दै

राष्ट्रपति भण्डारीले आबुधावीका राजकुमार शेख मोहम्मदसँग भेटबार्ता गर्दै

युएई, २८ कात्तिक । चार दिने भ्रमणमा सयुक्त अरब इमिरेट्स (युएई) आईपुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आबुधावीका राजकुमार शेख मोहम्मद बिन जायद अल नाहायनसँग भेटवार्ता गर्दैछिन् । भेटबार्तामा दुई पक्षिय हित र आपसी सम्बन्धकाबारेमा कुराकानी हुने बताइएको छ । राष्ट्रपति भण्डारी चारदिने औपचारिक भ्रमणको लागि सोमबार सयुक्त अरब इमिरेट्स (युएई) आईपुगेकी हुन् । युएईका राजकुमार शेख मोहम्मद बिन जायद...
एलइडी बल्बको प्रयोग बढाउन सरकारसँग एनआरएनले सहकार्य गर्ने

एलइडी बल्बको प्रयोग बढाउन सरकारसँग एनआरएनले सहकार्य गर्ने

काठमाडौं, २७ कात्तिक । गैर आवासीय नेपाली संघले उर्जा संकट न्युनीकरणका लागि एलईडी बल्ब प्रयोग बढाउनका सरकारसँग सहकार्य गर्ने भएको छ । संघले एलइडी बल्बको उच्ततम प्रयोग गरि दुई सय ५० मेघावाट विद्युतको वचत गर्ने जनाएको छ ।  संघका अध्यक्ष भवन भट्टले उज्यालो नेपाल कार्यक्रम अन्तर्गत एक लाख ५० हजार थान एलइडी बल्ब सरकारलाई हस्तान्तरण गरिने जानकारी गराएका छन् । सुख्खा मौसममा नेपाललाइ दुई सय ५० मेघावाटक...
अवैधानिक कामदार घर फर्किन डेढ महिना बाँकी

अवैधानिक कामदार घर फर्किन डेढ महिना बाँकी

मलेसिया, २६ कात्तिक । मलेसियन सरकारले अवैधानिक श्रमिकहरुलाई घर फिर्ता गर्नको लागि दिएको समय अब करीव डेढ महिना मात्र बाँकी छ । यसै बीचमा नेपाली दूतावास मलेसियाले अवैधानिक नेपालीहरुलाई घर फर्काउनको लागि अध्यागमन प्रकृयामा आवश्यक प्रकृया पूरा गर्न हारफासे रिसोर्स एसडीएन बीएचडी भन्ने मलेसियन सँस्थालाई जिम्मा दिएको छ । घर पठाउने बहानामा विचौलियाहरुले अत्यधिक रकम लिएर अलपत्र पार्ने गरेको गुनासो बढ्न...
मलेसियाका लागि नेपाली राजदूत विवादमा तानिए

मलेसियाका लागि नेपाली राजदूत विवादमा तानिए

काठमाडौं, २४ कात्तिक । मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात विवादमा तानिएका छन् । अवैधानिक  नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया महंगो बनाएपछि उनी विवादमा तानिएका हुन् । यस विषयमा दूतावासले सार्वजनिक सूचना प्रकाशित गरेपछि उनी विवादमा तानिएका हुन् । मलेसियामा  कार्यरत नेपाली श्रमिक तथा सघं–संस्थाहरु राजदूत बस्न्यातको कदम प्रति आपत्ति जनाएका छन् । राजदूतमाथि कमिशनको खेलमा प्र...
एनअारएनए नर्वेद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग

एनअारएनए नर्वेद्वारा धुर्मुस-सुन्तली फाउण्डेसनलाई सहयोग

नर्वे, २० कात्तिक । गैरआवासीय नेपाली संघ (एनअारएनए) नर्वेले  एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ । कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनअारएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् । उक्त रकम रौ...
नेपाली इन्जिनियरले युगाण्डामा बनाए यस्तो सडक

नेपाली इन्जिनियरले युगाण्डामा बनाए यस्तो सडक

नेपालीहरु भन्ने बित्तिकै विदेशमा सस्तो ज्यालामा काम गर्न जाने भनेर प्रचार भएको छ। नेपालीहरुको दक्षता – क्षमतालाई नेपाल सरकारले उचित स्थान नदिँदा र पहिचान गर्न नसक्दा कतिपय दश जनशक्ति विदेश पलायन हुन परिरहेको छ। विदेशी भूमिमा कतिपय नेपालीहरुले आफूलाई अब्बल मात्रै सावित गरेका छैनन्। सारा नेपालीको शिर ठाडो पार्ने काम पनि गरेका छन्। धेरै नेपालीहरु विदेशका उच्च ओहदामा,महत्वपूर्ण जिम्मेवारीमा बसे...
कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी

कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी

काठमाडौँ, १९ कात्तिक । तलब नपाउने प्रवासी मजदुरहरुको सङ्ख्या दक्षिण कोरियामा बृद्धि हुँदै गएको छ । कृषि र साना तथा मझौला कम्पनीमा कार्यरत कतिपय मजदुरहरुले तलब नपाएको बताइएको छ । गत महिना कोरियन संसदमा भएको संसदीय जाँचबुझ सुनुवाइमा प्रजातान्त्रिक पार्टीको सांसद खान्ग व्यङ्ग वनले रोजगार तथा श्रम मन्त्रालयले बुझाएको तलब सम्बन्धि रिपोर्टमा यो बर्ष अगष्ट महिनासम्ममा प्रवासी मजदुरहरुले नपाएको तलबको र...
अमेरिकामा नेपाली विद्यार्थीमाथि गोली प्रहार, सहयोगको लागि आग्रह

अमेरिकामा नेपाली विद्यार्थीमाथि गोली प्रहार, सहयोगको लागि आग्रह

टेक्सासमा एकजना नेपाली विद्यार्थीमाथि लुटेराले ७ राउण्ड गोली प्रहार गरेको छ । आफ्नै अपार्टमेन्टको लण्ड्रीमा नेपाली विद्यार्थी ज्वाला कार्कीमाथि गोली प्रहार भएको हो । टेक्सासको डलासमा रहेको एल सेन्ट्रो कलेजमा अध्ययनरत पार्कल्याण्ड अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अवस्था खतरामुक्त रहेपनि उपचारका लागि रकम आवश्यक रहेको भन्दै नेपाली समाज टेक्सासले गोफण्डमीमा सहयोग संकलन अभियान संचालन गरिरहेको छ ...
भिजिट भिसामा अलपत्र पर्नेलाई युएईमा सहयोग नमिल्ने

भिजिट भिसामा अलपत्र पर्नेलाई युएईमा सहयोग नमिल्ने

युएई, १४ कात्तिक । भिजिट भिसामा युएई आएर काम नपाएको अवस्थामा दलालले धोका दिएपछि अलपत्र परेका सुनसरीका १४ जना युवा गत बुधबार नेपाली दूताबासको शरणमा आइपुगे । नेपाल फिर्नका लागि हरेकलाई २७० दिराम्स खर्च लाग्ने र उनीहरुलाई बिहान बेलुका खानासमेत समस्या भएको खबर आयो । एक हप्ताग गर्न युएईमा रहेका सबै सासम्म आफूले स्थानीय रेस्टुरेन्टमा खानपिनको व्यवस्था गरे पनि पर्याप्त नभएका कारण पीडित नेपालीलाई सहयोम...
घाईते बालिकाको उपचारमा साउदीबाट सहयोग

घाईते बालिकाको उपचारमा साउदीबाट सहयोग

साउदी । दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिति साउदीले गोरखाका एक घाईते वालिकाको उपचारमा आर्थिक सहयोग गरेको छ । रुखबाट लडेर घाईते भई काठमाण्डौंको वीर अस्पतालमा उपचाररत अजिरकोट गाउँपालिका–२ गोरखाकी १४ बर्षीया शुस्मा परियारको उपचारमा १० हजार ७ सय सहयोग गरिएको हो । गत भदौ २९ गते रुखबाट लडेर परियारको टाउकोमा गहिरो चोट र घाँटी भाँचिएको छ । उनको उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि सहयोग रकम प...
एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

एनआरएन नेता थापा ७ करोड ठगीमा पक्राउ

काठमाडौं, २८ असोज । जापानबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आइसीसी सदस्य चयन भएका अनुज थापालाई महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको छ। एनआरएनएको आठौं ग्लोबल सम्बेलनमा सहभागी हुन जापानबाट आएका उनलाई ७ करोड रुपैयाँ ठगी अभियोगमा प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो। एनआरएन सम्मेलनमा थापा नेपाल आएको जानकारी पाएपछि उनी पनि नेपाल आएर थापाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका थिए। महान...
डायरी हराउँदा परिवारसँग सम्पर्क टुट्यो, १७ वर्षको कमाइ ३० हजार !

डायरी हराउँदा परिवारसँग सम्पर्क टुट्यो, १७ वर्षको कमाइ ३० हजार !

क्वालालम्पुर, २८ असोज । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएपछि उतै ‘हराएका’ एक नेपाली चौध वर्षपछि आफन्तको सम्पर्कमा आएका छन् । मलेसियामा गुमनाम जिन्दगी बिताइरहेका ओखलढुँगा, मुलखर्कका जीवन तामाङले पहिलो पटक नेपालमा आफन्तहरुलाई फोन सम्पर्क गरेका छन् । विभिन्न गैर सरकारी सँघ-सस्थाका प्रतिनिधिले उनका आफन्तहरुको खोजी गरिदिएपछि यो सम्भव भएको हो । जीवन सन् २००१ मा मलेसिया पुगेका थिए । तीन वर्षसम्म...
गैर आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको जोड घटाउ शुरु : मुख्य प्रतिस्पर्धा गुरुङ र भट्टबीच हुने

गैर आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको जोड घटाउ शुरु : मुख्य प्रतिस्पर्धा गुरुङ र भट्टबीच हुने

गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा लागि जमुना गुरुङको अन्तिम समयमा आएर  भएको उम्मेदवारी घोषणाले विश्व सम्मेलनको अंक गणित शुरु भएको छ । गुरुङले उम्मेदवारी दिने / नदिने अन्यौलका विच विहिवार अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिन् । आफ्ना सर्मथकहरुले खचाखच भरिएको हलमा गुरुङले उम्मेदवारी घोषणा गर्दैगर्दा अध्यक्षका अर्का प्रत्यासी भवन भट्टले पनि आफ्नो तयारीलाई तिव्र पारिरहेका थिए । ...
दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

युएई,२६ असोज । दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो। युएईको अजमानमा २२ जना नेपाली अलपत्र परेको समाचार नागरीकन्युजमा प्रकाशित भएपछि उनीहरुलाई एनआरएन युएईले सहयोग गरी गत सोमबार नेपाली दुताबास अबुधाबी पुर्‍याएको थियो। दुई...
धरानका दुर्इ चेली अाेमनमा बेचिएकाे खुलासा : बेच्ने दलाल पनि नेपालकै चेली

धरानका दुर्इ चेली अाेमनमा बेचिएकाे खुलासा : बेच्ने दलाल पनि नेपालकै चेली

धरान,२६ असोज । दलालको बिगबिगी ले गरिबिले पिल्सिएका छोरि चेलीहरुलाई धनको लोभ देखाई भारत हुदै तेस्रो मुलुक पुर्याई बेचिरहेका खबर बारम्बार आइरहेको बेला फेरी धरानका दुई चेली ओमनमा बेचिएका छन्। सात महिना अगाडिदेखि हराइरहेका दुर्इ चेलीलाई दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ । धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भ...
नेपाली कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता

नेपाली कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता

अमेरिका,२४ असोज । कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् । ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल...
मलेसियामा ठगिँदै नेपाली कामदार

मलेसियामा ठगिँदै नेपाली कामदार

क्वालालम्पुर, १ अशोज ।  क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट। रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए। काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन्। त्यसैले फर्कन हतारिएका थिए। तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेक...
कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसनबाट फर्काइए

कांग्रेस नेता प्रदीप पौडेल जापान इमिग्रेसनबाट फर्काइए

टोकियो, १ अशोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा बसेर नेपाल फिर्ता पठाइएका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेल र उनीसँगै रहेका स्वास्थ्यखबर पत्रिकाका ...
टोकियोमा नेवारी साहित्यका महाकविको सम्झना

टोकियोमा नेवारी साहित्यका महाकविको सम्झना

टोकियो।  नेवार साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा जापानको टोकियोमा उनको १५० औं जन्म जयन्ती मनाइएको छ । शिबुया चुबाकी गार्डेनको सभा हलमा  भएको उक्त कार्यक्रममा सहभागिहरुले नेपाली साहित्यकार र साहित्यिक संस्थाहरुले खेलेको भूमिकाका बारेमा धारणा राखेका थिए । त्यस क्रममा नेवार साहित्यका महाकवि महाजुले पुर्याएको योगदानको चर्चा गरिएको थियो । वल्र्ड नेवा अर्गनाईजेशन जापानको आयोजनामा भएको कार्...
पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा

पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा

पर्वत । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । तर, उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या आरोप लगाइएपछि उनी १७ वर्षदेखि साउदी जेलमा छन् । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएक...
एनआरएन तान्जानियाको अध्यक्षमा रोशन थापा

एनआरएन तान्जानियाको अध्यक्षमा रोशन थापा

तान्जानियाको  दार एस सलाममा सम्पन्न गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद को चौथो राष्ट्रिय महाधिबेसन ले अध्यक्ष मा रोशन थापा, उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल  र महसचिवमा पुष्प राज भट्टराई लगायत ११ सस्द्सिय नयाँ कार्य समिती दुई बर्षको लागि को चयन गरेको छ । अन्तरराष्ट्रिय समिति सदस्यमा संजीत थापा तथा महिला संयोजक अन्जली तामाङ र युवा संयोजकमा दीपक लामिछानेलाई निर्वाचित गरेको छ । गैर आव...
बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

पथरी। मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद रु २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् । राजघाट–५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय कमिटी जापानकी कोषाध्यक्ष ममता राना मगरको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । एक घर बराबर दुई ह...
साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

जितपुर। वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ । साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् । घटना भएकोे अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकान...
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

जुम्ला। यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन । कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन । सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको ...
एनआरएन युकेमा ५३ उम्मेदवार

एनआरएन युकेमा ५३ उम्मेदवार

काठमाडौं। गैरआवाशिय नेपाली संघ युकेको आगामी नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । सेप्टेम्बर ९ मा हुने अधिबेशनका लागि अध्यक्षमा कृष्ण तिमिल्सेना, योग कुमार फगामी र हिराधन राईको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दिपक श्रेष्ठ, ललित न्यौपाने ,शेर सुनारले उम्मेदवारी दर्ता गरेका छन् । छ जनाको पदका लागि ११ जनाले उपाध्यक्षमा भिड्ने भएका छन् । उपाध्यक्षका लागि पुनम गुरुङ, दयानिधी सापकोटा, सुशिल...
बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएन क्यानाडा

बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएन क्यानाडा

क्यानाडा । बाढी र पहिरोले देश नै आक्रन्त बनिरहेको बेला एनआरएन क्यानाडाले क्यानाडाबासी नेपाली समुदायलाई राहत संकलनमा सहयोग पुर्‍याउन अपिल गरेको छ । एनआरएन क्यानाडाका नवनिर्वाचित अध्यक्ष गोपी काफ्ले र महासचिव चिरन घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि आग्रह गरेका हुन् । एनआरएन मार्फत बाढी पीडितलाई सहयोग गर्न चाहनेले संस्थाको वेभसाइट मार्फत अनलाइन इमेरजेन्सी फन्डमा रकम जम्मा गराउन सक...
error: Content is protected !!