- संगालोखबर सम्वाददाता

धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका धनकुटाका खेमप्रसाद याख्खाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उनको मृत्यु भएको मलेशिया प्रहरीको भनाई उदृत गर्दै त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् ।

Advertisement

उनको राहदानीमा ठेगाना धनकुटा मात्र उल्लेख छ । ठेगाना धनकुटाको कुन ठाउँ हो भन्ने खुलेको छैन । जसका कारण परिवारसँग सम्पर्क हुँन नसक्दा समस्या भएको मलेशियामा रहेका धनकुटाका अशोक पौडेलले संगालोखबरलाई जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका ३३ बर्षीय याख्खाको गत शनिवार नै मृत्यु भएको हो । तर, परिवारसँग सम्पर्क नहुँदा सवको व्यवस्थापनमा समस्या भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!