- संगालोखबर सम्वाददाता


धनकुटा । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका भीमबहादुर मगरको मृत्यु भएको छ । मलेशियाको क्वालालम्पुरमा सुरक्षागार्डको काम गर्दै आएका कुरुलेतेनुपास्थित सोगुमका ४२ बर्षीय मगरको शनिवार बिहान मृत्यु भएको हो ।

दुई साता यता बिरामी भएका मगरको शनिवार बिहान करिब ८ बजे मृत्यु भएको बैदेशिक रोजगारीकै शिलसिलामा मलेसियामा रहेका तेह्रथुमका छत्र लकाई खड्काले संगालोखबरलाई जानकारी दिए । खड्काका अनुसार खकारमा रगत आउँने र खाना नरुच्ने समस्या देखिएपछि उनी एक साता यता काममा नगई औषधि खाएर कोठामै आराम गर्दै आएका थिए ।

Advertisement

स्वास्थ्यमा समस्या बढेर अस्पताल लैजाने तयारी गर्दै गर्दा कोठामै उनको मृत्यु भएको खड्काले बताए । मृृतकको शवलाई पोष्टमार्टमका लागि प्रहरीले स्थानीय अस्पताल लगेको छ । मृतक मगरका श्रीमतीसहित चार छोरी र एक छोरा छन् । उनी बैदेशिक रोजगारीका लागि १२ बर्ष अघि मलेसिया पुगेका थिए । मृतक मगरको शवलाई नेपाल फर्काउँने पहल भईरहेको खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!