जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन फागुन १५ र १६ गते नेचामा हुने
विराटनगर । सोलुखुम्बुको नेचामा जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरका भारद्वाज गोत्रीय जमरकट्टेल (जमकटेल, कट्टेल, कटेल) बन्धुहरूलाई एकतावद्ध गर्न यही फागुन १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
जमरकट्टेल बन्धुहरूलाई एकतावद्ध गर्न विराटनगर, नेचा, झापा, काठमाडौँ लगायत स्थानमा करिब एक दर्जन बढी संस्थाहरू निर्माण भएका छन् । सम्मेलनबाट ती संस्थाहरूबीच समन्वय गरेर जमरकट्टेलह...































