झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । झापा र मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । आइतबार साँझ झापा गाउँपालिका-४ ग्रामथानबाट शिवसताक्षी नगरपालिका-३ का २१ बर्षीय थरेन्द्र गुरुङ २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र १-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित गुरुङलाई पक्राउ गरेको हो । यस्तै दमक नगरपालिका-४ का ...
अखिल क्रान्तिकारी मोरङ अध्यक्षमा राई निर्वाचित  

अखिल क्रान्तिकारी मोरङ अध्यक्षमा राई निर्वाचित  

विराटनगर । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मोरङको अध्यक्षमा सरोज राई निर्वाचित भएका छन् । १६ औं जिल्ला सम्मेलनमा निकटतम प्रतिस्पर्धी शशि यादवलाई २८ मतले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् । राईले ८१ मत प्राप्त गर्दा यादवले ५३ मत मात्रै पाएका थिए । यस्तै उपाध्यक्षमा दिपेश परियार, पुष्कर भट्टराई र आयुद अछामी निर्वाचित भएका छन् । सचिवमा सतिश कार्की सर्वसम्मत चयन हुँदा उपाध्यक्...
मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

मोरङ कारागारमा बढे छालाका बिरामी,क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

विराटनगर । जिल्ला कारागार मोरङका कैदीबन्दीलाई छालासम्बन्धी रोग देखिन थालेको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएका कारण गर्मीको समयमा छालासम्बन्धी रोगले सताउने गरेको हो । तीन सय क्षमता रहेको कारागारमा अहिले एक हजार ६० जना कैदीबन्दी छन् । ५० जना क्षमता रहेको महिला विभागमा एक सय एक जना कैदीबन्दी छन् । जसमध्ये ४ नाबालक, ९७ जना महिला छन् । दुई सय ५० क्षमता रहेको पुरुष विभागमा नौ सय ५९ जना कैदीबन्दी...
कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

कोशीमा एक हजार बढीमा डेंगु सङ्क्रमण, झापामा दुई जनाको मृत्यु 

विराटनगर । कोशी प्रदेशमा एक हजार ६५ जनामा डेंगु सङ्क्रमण भएको छ । डेंगु सङ्क्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ । झापामा साउनयता सङ्क्रमितको सङ्ख्या एक हजार २८ पुगेको छ । कोशीका १४ जिल्ला मध्ये मोरङमा डेंगु सङ्क्रमितको सङ्ख्या बढी छ ।  मोरङमा हालसम्म  पाँच सय ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । मोरङ पछि झापा, धनकुटा र सुनसरीमा डेंगुको सङ्क्रमण धेरै छ । स्वास्थ्य निर्देशनालय धनकुटाका फो...
मोरङ कारागारका कैदीको कोशी अस्पतालमा मृत्यु 

मोरङ कारागारका कैदीको कोशी अस्पतालमा मृत्यु 

विराटनगर । जिल्ला कारागार मोरङका एक जना कैदीको उपचारका क्रममा मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-४ घर भएका ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा आज बिहान ११ बजे कोशी अस्पतालमा मृत्यु भएको हो । मुटु सम्बन्धीसमस्या देखिएपछि भदौ २० गते साँझ उपचारका लागि अस्पताल भर्ना गरिएका तामाङको आज बिहान ११ बजेतिर मृत्यु भएको कारागारका जेलर चेतराज बरालले जानकारी दिए । जेलर बरालले संगालोखबरसँग भ...
देशभरका उत्कृष्ट ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशीका परे तीन जना

देशभरका उत्कृष्ट ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशीका परे तीन जना

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत तीन जना कर्मचारी निजामती सेवा दिवसको अवसरमा पुरस्कृत भएका छन् । कार्यसम्पादनको आधारमा सरकारले देशभरका ४० कर्मचारी छानेर पुरस्कृत गर्दा कोशी प्रदेशको धनकुटा, सुनसरी र संखुवासभाका एक/एक जना कर्मचारी परेका हुन् । निजामती सेवा पुरस्कारबाट शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका प्रमुख मोहन राई पुरस्कृत भएकी छन् । सङ्खुवासभाको खाँदवारीस्थित नापी कार्या...
विराटनगरमा बत्ती फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगरमा बत्ती फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ इक्राहीमा विजुलीको बत्ती फेर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय अवधनारायण मोदी छन् । धान कुट्ने मिल सञ्चालन गर्दै आएका मोदीलाई सोही मिलमा बत्ती फेर्ने क्रममा शनिवार साँझ करिब ६ः४५ बजे करेन्ट लागेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ‘मिलमा बत्ती फिक्स गर्ने क्रममा करेन्ट लागेछ,’ ...
जुटखेतीमा कृषकको आकर्षण घट्दै

जुटखेतीमा कृषकको आकर्षण घट्दै

विराटनगर । पछिल्लो समय जुटखेती तर्फ कृषकको आकर्षण घटिरहेको छ । मिहेनत अनुसार उचित मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुट खेती छाड्नेको सङ्ख्या बढ्दो छ । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीबाट खर्च उठ्न मुस्किल पर्ने कृषकहरू बताउँछन् । धनपालथान गाउँपालिका-१ नोचाका काशीनाथ चौधरीले पाँच बिघा क्षेत्रफलमा जुटखेती गर्थे । तर मूल्य पाउन छाडेसँगै उनले अहिले एक बिघ...
खेलकुद समिति मोरङको अध्यक्षमा तामाङको पुनर्बहाली

खेलकुद समिति मोरङको अध्यक्षमा तामाङको पुनर्बहाली

विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योन्जन तामाङको पुनर्बहाली भएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई अध्यक्षमा पुनर्बहाली गर्न आदेश दिएको हो ।  २०८० चैत २३ गते तामाङ खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले भदौ ६ गते तामाङलाई ...
हिमालय रोडमा महोत्सव नगर्न व्यापारीको आग्रह, अटेर गरे चाबी बुझाउने चेतावनी

हिमालय रोडमा महोत्सव नगर्न व्यापारीको आग्रह, अटेर गरे चाबी बुझाउने चेतावनी

विराटनगर । विराटनगरको हिमालय रोड क्षेत्रका व्यापारीहरूले सो क्षेत्रमा मेला महोत्सव गर्न महानगरले अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पार्क बनाउदा स्थानीय व्यापार चौपट भएको भन्दै आक्रोशित व्यापारीहरूले अब सो क्षेत्रमा मेला महोत्सव गर्दा व्यापार झनै सङ्कटमा पर्ने भन्दै सचेत गराएका हुन् । मञ्जिना मुभिज क्रिएसनले केही दिन अघि पत्रकार सम्मेलन गरेर आगामी असोज १७ देखि २३ गतेसम्म सो स्थानमा सड...
विराटनगरबाट सट्टेवाजमा संलग्न दुईजना पक्राउ

विराटनगरबाट सट्टेवाजमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट सट्टेवाज मार्फत गैर कानुनी क्रियाकलाप गर्ने दुईजना पक्राउ परेका छन् । विराटनगर-१२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले विभिन्न एप्समार्फत अनलाइन सट्टेबाजी सम्बन्धी गैरकानुनी क्रियाकलाप गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । घरम...
कर्मचारीसँग मेयर कोइरालाले भने, ‘हाम्रो सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ’ 

कर्मचारीसँग मेयर कोइरालाले भने, ‘हाम्रो सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ’ 

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकता औँल्याएका छन् । निजामती सेवा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो बताएका हुन् । जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने उनको दावी छ । ‘जनप्रतिनिधि र कर्मच...
‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै सुरु भयो विद्यालय नाटक महोत्सव

‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै सुरु भयो विद्यालय नाटक महोत्सव

विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ । आज विप्लव ढकालको लेखन तथा सविन भट्टराईको निर्देशनमा तयार भएको ‘नीलाम्बरको आकाशयुद्ध’ नामक नाटक मञ्चनसँगै महोत्सव सुरु भएको हो । नाटकमा गुरुकुलका कलाकाहरूको अभिनय रहेको थियो । ९ वटा विद्यालय सहभागि महोत्सवमा भोलिबाट प्रत्येक दिन एउटा नाटक मञ्चन हुनेछ । महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी र रङ्गेलीका विद्या...
इटहरीमा चक्कु देखाएर लुटपाट, सात जना पक्राउ

इटहरीमा चक्कु देखाएर लुटपाट, सात जना पक्राउ

इटहरी । इटहरीमा चक्कु देखाएर लुटपाट गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो । रामधुनी ३ का २२ वर्षीय अनिष कोइराला, १९ वर्षीय सुसन तामाङ, १८ वर्षीय सुनील बस्नेत, १८ वर्षीय निश्चल बस्नेत, रामधुनी ७ का १८ वर्षीय साकार भण्डारी, इटहरी ४ का २४ वर्षीय विशाल तामाङ र इटहरी १६ का १८ वर्षीय रिचन खत्री पक्राउ परेका हुन् । उनीहरूलाई टेङ्ग्रा खोल...
झापा, इलाम र भोजपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

झापा, इलाम र भोजपुरबाट ब्राउन सुगरसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । बिहीबार लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाबाट चार जनालाई पक्राउ गरेको छ भने भोजपुर र इलामबाट पनि एक/एक जना पक्राउ परेका छन् । मेचीनगर-६ बाट भारत वेष्टबंगालका २२ वर्षीय मनोज शर्मालाई १ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ बेलबारी नगरपालिका-४...
भोजपुरको ग्रामीण क्षेत्रका स्थानीय निगुरो बेचेर मनग्य आम्दानी गर्दै

भोजपुरको ग्रामीण क्षेत्रका स्थानीय निगुरो बेचेर मनग्य आम्दानी गर्दै

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय निगुरो बेचेर आयआर्जन गर्न थालेका छन् । जेठ, असारदेखि कात्तिक, मंसिर महिनासम्म सङ्कलन गर्न सकिने निगुरो सहजै बिक्री हुन थालेपछी स्थानीय आयआर्जनसँग जोडिएका हुन् । सडकको पँहुच पुगेपछि निगुरो सङ्कलन गरेर बिक्री गर्न सहज भएको स्थानीय बताउँछन् । त्यसै खेर जाने निगुरो सहर बजारमा निर्यात हुन थालेपछी आयआर्जनको बाटो बनेको टेम्केमैयुङ गाउँपालिका-५ का रमेश...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

विराटनगर । विराटनगर-४ स्थित औषधी विभाग छेउमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ प्र १-०२-०४७ प ८६८६ नम्बरको मोटरसाइलक आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको बेलबारी-८ बस्ने २३ वर्षका विवेक कुमार मुखिया र सोही स्थानका २५ वर्षका मनकुमार तामाङ घाइते भएका हुन् । मुखियाको टाउकोलगायत शरिरको बिभिन्न भागमा चोट लागेको साथै तामाङको अनुहारसहित ...
चौबिसेमा तिज गीत प्रतियोगिता

चौबिसेमा तिज गीत प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा खुला सामूहिक लोक गीत प्रतियोगिता गरिएको छ । तीज पर्वको अवसर पारेर चौबिसे गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा वडा नं. ६ को टिम प्रथम भएको छ । वडा नं.७ दोस्रो, वडा नं.३ तेस्रो र वडा नं.४ को टिमले सान्त्वना स्थान हासिल गरेको छ । उनीहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । गाउँपालिका अ...
विद्यार्थीहरूको सहभागितामा मानव बेचबिखनका विषयमा अन्तरक्रिया

विद्यार्थीहरूको सहभागितामा मानव बेचबिखनका विषयमा अन्तरक्रिया

विराटनगर । विराटनगरमा विद्यार्थीहरूको सहभागितामा मानव बेचबिखनका विषयमा अन्तरक्रिया भएको छ । मानव बेचबिखनविरुद्धको अठारौँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा वडा नम्बर १० ले विद्यार्थीहरूलाई राखेर कार्यक्रम गरेको हो । वडाध्यक्ष अर्जुन गिरीले मानव बेचबिखन विश्वमै चुनौतीका रूपमा रहेको बताए । ‘नेपालमा पछिल्लो समय मानव बेचबिखनका घटना बढिरहेका छन्, उनले भने, ‘गरिबी, बेरोजगारी समस्या, पारिवारिक कलहलगायतका क...
पर्यटन प्रवर्द्धनका लागि तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता 

पर्यटन प्रवर्द्धनका लागि तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता आयोजना हुने भएको छ । तिम्बुङपोखरी संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गरेर भदौ २६ गते प्रतियोगिता गर्न लागेको जनाएको हो । तिम्बुङ पोखरी क्षेत्रको प्रचार गर्नका लागि प्रतियोगिता गर्न लागिएको हो ।  ४ हजार २ सयदेखि ४ हजार ३ सय ५० मिटर उचाइमा ८ किलोमिटर दौडको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आ...
खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

खोटाङका ठाउँठाउँमा पहिरो झर्दा सडक अवरुद्ध, वर्कसप र पेट्रोल पम्पमा क्षति

विराटनगर । निरन्तरको वर्षाका कारण खोटाङमा पहिरो खसेर विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोले मोटरसाइकल वर्कसप र पेट्रोल पम्पमा पनि क्षति पुर्याएको छ । बुधबार रातिदेखि परेको पानीका कारण ऐंसेलुखर्क गाउँपालिकाको बजार क्षेत्र र अन्य स्थानमा पनि पहिरोले सडक अवरुद्ध भएको हो । खोटाङ र भोजपुर जोड्ने भालुखोला सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सो सडकखण्डमा झरेको पहिरो हटाउने काम सुरु भएको जिल्ला...
अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता ...
उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुरमा मृत भेटिए आमाछोरा, हत्याको आशङ्का

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा आमाछोरा मृत फेला परेका छन् । करिब ४० वर्षीया आमा निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा मृत फेला परेका हुन् । गएराति उनीहरूको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का छ । उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राजन चापागाईँले जानकारी दिए । ‘बिहानको राति हत्या भएको हुनसक्छ,’ चापागाईँले संगालोखबरसँग भने, ‘अनुसन्...
विराटनगरमा ‘विराट सडक महोत्सव’ हुने

विराटनगरमा ‘विराट सडक महोत्सव’ हुने

विराटनगर । विराटनगरमा आगामी असोज १७ गतेदेखि ‘विराट सडक महोत्सव’ हुने भएको छ । मन्जिना मुभिज क्रियसन प्रालिको आयोजनामा असोज २३ गतेसम्म हिमालय रोडमा महोत्सव हुन लागेको हो ।  विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पिँढीमा समेत पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक मन्जिना मुभिज क्रियसन प्रालिका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए ।  विभिन्न जात...
आफन्तको घर गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

आफन्तको घर गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

धनुषा । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-७ मा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । बुधबार साँझ उनीहरूको मृत्यु भएको हो । आफन्तको घरमा गएको बेला उनीहरू पौडी खेल्न गएको र सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवाले जनाएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेक...
छोरीहरूलाई विष खुवाएर मारेको अस्मिताको स्वीकारोक्ति

छोरीहरूलाई विष खुवाएर मारेको अस्मिताको स्वीकारोक्ति

विराटनगर । मोरङको सुन्दरहरैँचाकी अस्मिता पौडेल कार्कीले छोरीहरूलाई विष खुवाएर मारेको स्वीकार गरेकी छन् । सुन्दरहरैँचा-७ स्थित केराघारीमा छोरीहरू एक वर्षीया आइङ्का र तीन वर्षकी अर्पना मृत फेला परेको चार दिनपछि आज बिहान पक्राउ परेकी उनले विष खुवाएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेकी हुन् ।  झापाको बिर्तामोडबाट पक्राउ गरेर ल्याइएकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनमा...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर-१५ स्थित रानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहानको राति भएको दुर्घटनामा विराटनगर-१ स्थित परोपकार घाट विजयपुर टोलका २० वर्षीय सुशील कामतको मृत्यु भएको हो । तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका कामतको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । भट्टीमोडबाट जोगवनी तर्फ गइरहेको को २१ प ८९६२ नम्बरको मोटरसाइ...
धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसर पारेर आज बिहान जिल्ला अस्पताल धनकुटाका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका बिरामीहरूलाई फलफूल बितरण गरेको हो । रेडक्रसका कोशी प्रदेश सभापति नरेन्द्र पोख्रेल, जिल्ला सभापति छत्रकुमार श्रेष्ठ, रेडक्रसका मन्त्री रामकुमारी राई, उपसभापति ठगेन्द्र अधिकारी, कोषाध्यक्ष मुकुन्द ...
छोरी मृत भेटिएको चार दिनपछि फेला परिन् आमा

छोरी मृत भेटिएको चार दिनपछि फेला परिन् आमा

विराटनगर । गत शुक्रबारदेखि बेपत्ता रहेकी मोरङको सुन्दरहरैंचा-७ की अस्मिता कार्की आज बिहान झापामा फेला परेकी छन् । झापाको बिर्तामोडबाट प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो । अस्मिताका मामा लेखत खड्काका अनुसार श्रीमानसँग वादविवाद भएपछि दुई नाबालिका छोरी लिएर उनी शुक्रवार साँझ करिब ६ बजे घरबाट हिँडेकी थिइन् । शनिवार अपरान्ह करिब ४ः३० बजे स्थानीय केराघारीमा दुई छोरी मृत फेला परे । आमा अस्मिता भने...
मोरङका २९ पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी

मोरङका २९ पत्रकारले बल्ल पाउने भए कोरोना बीमाको भुक्तानी

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङमा आवद्ध २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी लामो समयपछि बल्ल पाउने भएका छन् । उनीहरूले एक/एक लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ मोरङलाई उपलब्ध गराएको छ । कोरोना महामारीको पहिलो लहरमा पत्रकार महासङ्घ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई दुई सयभन्दा बढी...
नाबालिका दिदीबहिनी मृत्यु प्रकरणः चार दिन बित्दा पनि भेटिइनन् आमा

नाबालिका दिदीबहिनी मृत्यु प्रकरणः चार दिन बित्दा पनि भेटिइनन् आमा

विराटनगर । गत शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका-७ को केराघारीमा दुई नाबालिकाको शव भेटिएको विषयमा प्रहरीले अनुसन्धान तीब्र पारेको छ । धनकुटाको पाख्रिबास नगरपालिका-४ घर भइ सुन्दरहरैँचा बस्दै आएका अर्जुन कार्की र अस्मिता न्यौपानेका छोरी एक वर्षीया आइका र तीन वर्षीया अर्पणा मृत फेला परेका थिए । मृतक बालिकाहरूको शव नजिकै विषादीको खाली बट्टासमेत भेटिएको थियो । प्रहरीले घटनाका विषयमा सोही दिनदेखि ...
error: Content is protected !!