उदयपुरको त्रियुगा-१२ मा माओवादीका उम्मेदवारको अग्रता
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१२ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नविन कुमार वान्तवा राईले अग्रता बनाएका छन् ।
उनले ३९२ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी नारायण चौधरीले २६२ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसका संजिव काफ्लेले १६७ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार निर्मला चौधरीले १३९ मत...


























