संगालोखबर


काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने माग राख्दै मेयर भट्टराईले सत्याग्रह सुरु गरेका हुन् ।

उनी माइतीघर मण्डलामा कपाल मुण्डन गरेर सेतो कपडा लगाएर परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । उनले छेउमा बाँसका टुक्रा पनि राखेका छन् ।

Advertisement

उनको साथमा ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं’, ‘प्रकृतिको विनाश हैन, संरक्षण गरौं’, ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड पनि छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!