संगालोखबर


सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ खत्वे टोलबाट ६० किलो गाँजा बरामद भएको छ । शुक्रबार राति विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मोटरसाइकलमा राखेर देवानगञ्जबाट कप्तानगञ्जतर्फ गाँजा लगिँदै थियो । प्रहरीलाई देख्‍नासाथ दुई वटा बोरा फ्याँकेर ओसार-पसारमा संलग्न मानिस मोटरसाइकलसहित फरार भएका डीएसपी खतिवडाले जानकारी दिए ।

Advertisement

मोटरसाइकलको नम्बर पहिचान नभएको प्रहरीको भनाइ छ । बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । गाँजा ओसार-पसारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!