प्रधानमन्त्री ओलीद्वारा दमकको १८ तले भ्युटावर उद्घाटन
झापा । आज गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले दमक नगरपालिका-३ दापगाछीमा बनेको १८ तले भ्युटावरको उद्घाटन गरेका छन् ।
व्यवसायिक कम्प्लेक्स भनेर नामकरण गरिएको भ्युटावर एक अर्ब ४५ करोड रुपैयाँ बढीको लागतमा निर्माण भएको हो ।
टावर चिनियाँ निर्माण कम्पनी जेडसिजी आइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले शिलान्यास...





























