
विराटनगर । विराटनगरमा ९४ औं संस्करणको रथयात्रा आगामी भदौ १ गते निकालिने भएको छ । वि.सं.१९८८ सालमा खटयात्राबाट सुरु भएको श्रीराधाकृष्ण रथयात्रा यो वर्ष ९४ वर्षमा पुगेको हो ।
यसपटक रथको आकार ठूलो रहेको रथयात्रा मूल आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । उनका अनुसार यस वर्ष रथको लम्वाई, चौडाइ तथा उचाई वढाइएको छ । रथ निर्माणको काम धमाधम भइरहेको उनको भनाइ छ ।
रथयात्रा समारोह समितिका अनुसार भदौ १ गते आइतबार दिउँसो ३ः३० बजे रथयात्रा निकालिने छ । रथलाई ९ किलोमिटर क्षेत्रको परिक्रमा गराइने र ४४ स्थानमा विश्राम गर्ने समितिले जनाएको छ ।

संगालोखबर 













