
धनकुटा । धनकुटामा अनाथ बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको छ । धनकुटा नगरपालिका–४ देव्रेवासमा रहेको बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाहरूका लागि टेलिभिजन प्रदान गरिएको हो ।
धनकुटा इन्स्चिच्युट अफ हेल्थ साइन्सले ४३ इन्चको टेलिभिजन हस्तान्तरण गरेको छ । इन्स्चिच्युटका निर्देशक रामनारायण प्रसाद शाह रामा र प्रशासन प्रमुख खगेन्द्र घिमिरे लागयतले टेलिभिजन हस्तान्तरण गरेका थिए ।
पुनर्स्थापना केन्द्रमा १३ जना बालबालिकाहरू आश्रित छन् । उनीहरूकमा लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरूले शैक्षिक, आर्थिक तथा विभिन्न सहयोग गर्ने गरेका छन् ।















