
विराटनगर । कोशी प्रदेशबाट एक वर्षको अवधिमा तीन हजार बढी फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका तर लामो समयदेखि फरार रहँदै आएका तीन हजार पाँच सय १३ जना पक्राउ परेका हुन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार मोरङबाट एक हजार एक सय ५६, सुनसरीबाट एक हजार दुई, झापाबाट पाँच सय ३४ र इलामबाट एक सय ४६ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
यस्तै पाँचथरबाट ४२, ताप्लेजुङबाट ४८, धनकुटाबाट ५७, तेह्रथुमबाट ४५, भोजपुरबाट ४४, संखुवासभाबाट २८, उदयपुरबाट दुई सय ६०, ओखलढुंगाबाट ६९ जना, सोलुखुम्बुबाट १४ र खोटाङबाट ५३ जना पक्राउ परेका छन् भने प्रादेशिक अनुसन्धान समूहले १५ जना पक्राउ गरेको हो ।
उनीहरू एक हजार चार सय १६ वर्ष बढी कैद सजाय तोकिएका व्यक्तिहरू हुन् । जरिवाना बापत १४ करोड ७७ लाख बढी राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

संगालोखबर 













