
खोटाङ । खोटाङमा हटिया गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको बप्लेभीरबाट लडेर मृत्यु भएको हो ।
उनी बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएकी थिइन् । घर नफर्किएपछि खोजतलासको क्रममा राति करिब १ बजे भीरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













