संगालोखबर


धनकुटा । नेपाल निजामती कर्मचारी सङ्गठन धनकुटाले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सहिदहरू मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरी जिल्ला अस्पतालमा रहेका २१ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष शिव आङ्ला, निजामती कर्मचारी सङ्गठनका केन्द्रिय सदस्य रामकृष्ण सुवेदी, एमाले उपसचिव नैन विश्वकर्मा, लेखा समिति अध्यक्ष खेम घिमिरे, सहकारीका अध्यक्ष ललित विश्वकर्मा, निजामती कर्मचारी सङ्गठनका अध्यक्ष सुरेन्द्र खत्री, ट्रेड युनियनका अध्यक्ष गोविन्द खत्री लगायतले बिरामीहरूलाई फलफूल वितरण गरेका छन् ।

Advertisement

फलफूल वितरणपछि सहिदहरूको फोटोमा माल्यार्पण गरी उनीहरूको योगदानको चर्चा गरिएको छ । कार्यक्रममा एमाले अध्यक्ष आङ्लाले सहिदहरूले देखाएको बाटोमा अघि बढ्नुपर्ने धारणा राखे ।

सहिदहरूकै बलिदानीका कारण यो अवस्थासम्म आइपुगिएको भन्दै अध्यक्ष आङ्लाले उनीहरूको योगदान भुल्न नहुने बताए । सहिदहरूको योगदान स्मरण गर्दै उनले पेशागत हकहितको लागि एमालेले सँधै साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!