
धनकुटा । धनकुटामा एक वर्षको अवधिमा २ सय ३७ वटा उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्क अनुसार सोही अवधिमा १ सय ३४ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०८१/०८२ मा प्रशासनतर्फ १ सय ४१ र वाणिज्यतर्फ ९६ उद्योग बन्द भएका हुन् । वाणिज्यतर्फ ३५ र प्रशासनतर्फ ९९ नयाँ उद्योग दर्ता भएका कार्यालयका सूचना अधिकारी अर्जुनबहादुर कार्कीले जानकारी दिए ।
यस्तै उत्पादकमूलक ९, कृषि तथा वन ४४, पर्यटन १६ र सेवामूलक ३० गरी प्रशासनतर्फ ९९ नयाँ उद्योग दर्ता भएका उनले बताए । यस्तै वाणिज्यतर्फ खाद्यान्न र किराना गरी जम्मा ३५ नयाँ उद्योग दर्ता भएका छन् ।
कार्यालयका अनुसार प्रशासनतर्फ ६ सय ५५ र वाणिज्यतर्फ दुई सय ९६ गरी जम्मा ९ सय ५१ उद्योग नवीकरण भएका छन् । जसबाट ४१ लाख ६६ हजार ४ यस २० रुपैयाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ३ सय २१ उद्योग दर्ता भएका थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













