कोशीमा घट्यो धान रोपाइँ, गतवर्षको भन्दा २१ प्रतिशतले कमी
विराटनगर । कोशी प्रदेशमा धान रोपाइँ घटेको छ । पर्याप्त वर्षा नहुँदा गतवर्षको तुलनामा झण्डै २१ प्रतिशत कम रोपाइँ भएको हो । कृषि विकास निर्देशनालय विराटनगरको तथ्याङ्क अनुसार साउन ४ गतेसम्म कोशीमा ६१.७९ प्रतिशत रोपाइँ भएको छ ।
सोही अवधिमा गतवर्ष ८२.६८ प्रतिशत रोपाइँ भएको थियो । निर्देशनालयका सूचना अधिकारी तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार समयमा र पर्याप्त वर्षा नभएकै कारण रोपाइँ कम...





























