संगालोखबर


विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० करोड बढीको भन्सार छलीका सामान बरामद भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा २० करोड ४२ लाख बढीको भन्सार छलीको सामान बरामद भएको हो ।

भन्सार छली तथा चोरी तस्करी नियन्त्रणमा विशेष सक्रियताका साथ प्रहरी परिचालन गरिएका कारण उक्त मूल्य बराबरको सामग्री बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाले भन्सार छलीका सामग्री बरामदबाट ७ करोड ३ लाख बढी राजश्व संकलन गरेको छ । मोरङले ५ करोड ५६ लाख, सुनसरीले ४ करोड २३ लाख र, ताप्लेजुङले १ करोड ४ लाख बढी राजश्व संकलन गरेको छ ।

यस्तै उदयपुरले ९६ लाख, इलामले ७० लाख बढी राजश्व संकलन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तस्करी तथा भन्सार छलीमा प्रयोग गरिएका ८९ वटा सवारी–साधन र ८५ जना व्यक्तीलाई नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!