कोशी प्रदेशसभाको बैठक जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई अनुरोध
विराटनगर । कोशी प्रदेश सरकारले जेठ ११ गते बजेट अधिवेशन आह्वान गर्न अनुरोध गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई उक्त दिन बजेट अधिवेशन बोलाउन अनुरोध गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता कानुनमन्त्री शमशेर राईले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने मन्त्रिपरिषद बैठकमा निर्णय भएको जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णयअनुसार मुख्...

























