मोरङको कानेपोखरीमा ट्रक र बस ठोक्किँदा ६ जना घाइते
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-२ दलेलीस्थित कानेपोखरी-रमाइलो सडक खण्डमा ट्रक र यात्रुबाहक बस ठोक्किँदा ६ जना घाइते भएका छन् ।
आज दिउँसो करिब १२ः३० बजे कानेपोखरीबाट रङ्गेलीतर्फ आउँदै गरेको ना ५ ख २८६९ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको को १ ख २९१२ नम्बरको यात्रुबाहक बस ठोक्किएका हुन् ।
दुर्घटनामा बस चालक मोरङको बेलबारी नगरपालिका-७ का २७ वर्षीय कुमार श्रेष्ठ र कटहरी गाउँपालिका-२ क...































