सुनसरीबाट ब्राउन सुगरसहित एक जना पक्राउ
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-५ बाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सागर राई छन् ।
लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झुम्का बजारस्थित दिदीको घरमा बसिरहेको अवस्थामा उनलाई पक्राउ गरको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनको साथबाट एक सय पाँच ग्राम पाँच सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएक...































