पहिरो खस्दा ताप्लेजुङमा घर र गाडी क्षतिग्रस्त
ताप्लेजुङ । सदरमुकाम फुङ्लिङ नगरपालिकामा पहिरोले एउटा घर र गाडीमा क्षति गरेको छ । फुङ्लिङ नगरपालिका–६ बिहिवारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा पहिरोले क्षति पुर्याएको हो ।
पहिरोले शेर्पाको घरको भुइँतलामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए । घरको पर्खाललगायत संरचनामा क्षति पुगेको हो ।...































