धनकुटा नगरका मेयर तामाङको अभियानः कोरोना संक्रमितको घर–घरमा पुग्ने, हौसला बढाउँने
धनकुटा । कोरोना संक्रमण फैलदै गएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ संक्रमितको घर–घरमा पुग्ने र विरामीको हौसला बढाउँने अभियानमा जुटेका छन् । संक्रमितसँग भेटघाट गरी उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने र रोगसँग लड्न विरामीलाई हौसला र आत्माबल बढाउँन भन्दै मेयर तामाङले संक्रमितको घर–घरमा पुग्ने अभियान चलाएका हुन् ।
सोमबारबाट संक्रमितसँग भेटघाट गर्न सुरु गरेका मेयर तामाङले यो अभियानलाई निरन्तरता द...

























