धनकुटामा माइक्रोबस दुर्घटना
धनकुटा । धनकुटाको मूलघाट नजिक गएराती माइक्रोबस दुर्घटना हुँदा कम्तिमा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी कम्तिमा १८ जना यात्रु घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । ‘घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ, गाडीमा सवार अधिकांश यात्रु घ...





























