भात नपकाएको निहुँमा लात्तीले हान्दा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
झापा । झापाको अर्जुनधारामा श्रीमानले लात्ती प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–९ स्थित खरबन्दी बस्दै आएका विश्वराज घिसिङले लात्तीले हान्दा श्रीमती प्रमिलाको मृत्यु भएको हो ।
खाना नपकाएको निहुँमा मंगलबार साँझ करिब ६ बजे श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । सोही क्रममा विश्वराजले प्रमिलालाई लात्तीले हानेका हुन् । पेटमा लात्तीले लागेर प्रमिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी...






























