धनकुटामा घरबाटै मोटरसाइकल चोरी
धनकुटा । धनकुटा नगरपालिका–७ पाङसुङ टोलबाट गएराती मोटरसाइकल चोरी भएको छ । स्थानीय विशाल राईले आफ्नै घरमा राखेको प्र.१–०२०४१ प ८४४९ नम्बरको १५० सीसीको एफजेड मोटरसाइकल चोरी भएको हो ।
बेलुका हेन्डल लक गरेर आँगनमा राखेको मोटरसाइकल बिहान उठ्दा नभएकाले चोरी भएको थाहा भएको राईले बताए । ‘बेलुका ६ बजेतिर हेण्डिल लक गरेर बाइक राखेको थिए, राती ११ बजेसम्म त्यही थियो,’ राईले संगालोखबरसँग भने, ‘अहिले बिहान उठ...































