- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले जातीय सद्भाव भड्काउने अभिव्यक्ति नदिन समर्थकहरूलाई आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत मेयर साङपाङले आफ्ना समर्थकहरूलाई यस्तो आग्रह गरेका हुन् ।

‘जातीय सद्भाव भड्किने कुनै किसिमको अभिव्यक्ति नदिन सम्पूर्ण समर्थक ज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु,’ साङपाङले लेखेका छन् । उनले अपिलको सन्दर्भ भने खुलाएका छैनन् ।

Advertisement

तर, उनको भनाइमा प्रतिक्रिया दिने धेरैले प्रदेश नामकरण पश्चात विरोधका क्रममा व्यक्त भइरहेका अभिव्यक्तिलाई लक्षित गरेर धारणा राखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!