- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–७ पाङसुङ टोलबाट गएराती मोटरसाइकल चोरी भएको छ । स्थानीय विशाल राईले आफ्नै घरमा राखेको प्र.१–०२०४१ प ८४४९ नम्बरको १५० सीसीको एफजेड मोटरसाइकल चोरी भएको हो ।

Advertisement

बेलुका हेन्डल लक गरेर आँगनमा राखेको मोटरसाइकल बिहान उठ्दा नभएकाले चोरी भएको थाहा भएको राईले बताए । ‘बेलुका ६ बजेतिर हेण्डिल लक गरेर बाइक राखेको थिए, राती ११ बजेसम्म त्यही थियो,’ राईले संगालोखबरसँग भने, ‘अहिले बिहान उठेर बाहिर निस्किंदा बाइकनै छैन, चाबी मसँगै छ, राती नै चोरी भएछ ।’

मोटरसाइकल हराएपछि उनले खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका छन् । धनकुटामा पछिल्लो समय मोटरसाइकल चोरी हुने क्रम बढ्न थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!