- संगालोखबर सम्वाददाता

धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाको अध्यक्षमा पुनः निलबहादुर थापा चयन भएका छन् । महासंघको सोमबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा दोधराज बाँस्तोला, सचिवमा चन्द्रकुमारी चेम्जोङ, सह–सचिवमा ठगेन्द्रप्रसाद अधिकारी र कोषाध्यक्षमा कल्पना थापा चयन भएका छन् ।

सदस्यहरूमा दुर्गाबहादुर थापा, यज्ञबहादुर राई, हिकमत भण्डारी, सुवर्ण कार्की, रीता राई, रामु राई, दिलमाया राई, निर्मला सुवेदी, लिला पराजुली, निर्मला श्रेष्ठ, नारायण दर्नाल, तारा गिरी, श्यामकुमार राई, गणेश तुम्सा, भिमबहादुर कार्की र रमला राई चयन भएका छन् ।

अधिवेशनमा सामुदायिक वन उपभोक्ता महासंघका राष्ट्रिय कार्यकारिणी सदस्य शिव आङ्ला, प्रदेश सचिव राजेन्द्र खड्का, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदी, उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, जिल्ला कफी उत्पादन संघका अध्यक्ष युवराज दर्नाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!