- संगालोखबर सम्वाददाता
ठक्कर दिने ट्रक । तस्वीर : सामाजिक सञ्जालबाट

विराटनगर । विराटनगर महानगरपालिका–४ कञ्चनवारीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रङ्गेलीबाट धान बोकेर दुहबी जाँदै गरेको ना ४ ख ८६७९ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट करिब ६० वर्षीय बृद्धको घटनास्थलमै मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख सुनिल श्रेष्ठले जानकारी दिए । ‘रोड क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिएछ,’ श्रेष्ठले संगालोखबरसँग भने, ‘ठक्करबाट बृद्धको घटनास्थलमै मृत्यु भएको छ, उहाँको पहिचान खुलेको छैन ।’

Advertisement

मृतकको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । घटनापछि ट्रक र चालक मोरङको रङ्गेलीका सुनील सरदारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!