- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका १५ वटा सहकारीको दर्ता खारेज भएको छ । लामो समयदेखि सम्पर्कमा नआएका, लेखा परीक्षण नगर्ने, साधारणसभाको विवरण नबुझाउने सहकारीलाई विराटनगर महानगरपालिकाले सहकारी ऐनअनुसार खारेज गरेको हो ।

Advertisement

विराटनगर–२ को सक्रिय बचत तथा ऋण सहकारी संस्था, विराटनगर–४ को पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, ५ को विराट कोशेलीघर, ५ कै एक्सेचेन्ज बचत तथा ऋण सहकारी, ७ को सुमेरु बचत तथा ऋण सहकारी र ८ को सहयोगी सहकारी संस्थाको दर्ता खारेज भएको छ ।

त्यस्तै विराटनगर–९ को भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था र युरो बहुद्देश्यीय सहकारी संस्था पनि खारेजीमा परेका छन् । विराटनगर–१२ स्थित गजलक्ष्मी बचत तथा ऋण सहकारी, १४ को गरिमा बचत तथा ऋण सहकारी, १४ को बहुमूल्य कृषि सहकारी र १५ को ऋद्धिसिद्धि सहकारीको पनि दर्ता खारेज भएको छ ।

उक्त सहकारीलाई लेखापरीक्षण प्रतिवेदनसहित आवश्यक कागजात लिएर महानगरमा सम्पर्कमा आउन गत फागुन २२ गते सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । पटकपटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि दर्ता खारेज गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!