प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ : मुख्यमन्त्री राई
फिक्कल, २६ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो ।
इलाममा जारी प्रतियोगिताले खेलका अन्य क्षेत्रलाई पनि सहयोग पुगेको बताउँदै उहाँले भन्नुभयो, “आगामी दिनमा...























